मंसिर ९, सोलुखुम्बु । खोटाङमा ज्यान मार्ने उद्योगका आरोपी १० वर्ष पछि पक्राउ परी कारागार चलान भएका छन् । जिल्लाको साविक चिउरीडाडा गाउ विकास समिति हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ का फुर्वा शेर्पा आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा १० वर्ष पछि फक्राउ परेका हुन् । मिङ्मा शेर्पाको ज्यान मार्नेमा २०७१ साल जेठ २२ गते जिल्ला अदालत भोजपुरबाट ५ वर्षका लागी थुनामा राख्न फैसला भएपनि फरार रहेका शेर्पालाई प्रहरीले आइतबार पक्राउ गरि थुनामा पठाएको हो । उनलाई जिल्ला अदालत दिक्तेलले थुनामा पठाउन आदेश दिएसँगै थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
Discussion about this post