मंसिर ९, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको जिल्ला सभापतिमा नारायण काजी कार्की चयन हुनुभएको छ । सदरमुकाम सल्लेरीमा सम्पन्न जिल्ला स्तरीय खुल्ला भेलाले कार्कीको सभापतित्वमा ११ सदस्य कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा मिङमा दोर्जी शेर्पा, सचिवमा क्रिषीधन राई, सह सचिवमा रोशन कटेल र कोषअध्यक्षमा आकृति उपाध्य चयन हुनुभएको छ । यस्तै सोलु दुधकुण्ड नगरपालिकाको सभापतिमा कमल बहादुर राई, माप्य दुधकोशीको सभापतिमा हर्कबहादुर कार्की, सोताङमा निर्माण बस्नेत र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सभापतिमा कृष्ण विश्वकर्मा चयन हुनुभएको छ ।
यस्तै महाकुलुङ गाउँपालिकाको सभापतिमा दिपक विश्वकर्मा, थुलुङ दुधकोशीमा शिवराम बस्नेत र लिखुपिकेमा रामचन्द्र बस्नेत र नेचासल्यानमा आकृति उपाध्य चयन हुनुभएको जनाईएको छ ।
Discussion about this post