मंसिर ९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयको विद्यालय शैक्षिक गान सार्वजनिक गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् स्वर्ण जयन्ती मूल आयोजक समितिका संयोजक ओमप्रसाद बास्तोलाको अध्यक्षतामा शनिबार बसेको सचिवालय बैठकले सर्वसम्मत पारित गरेपछि विद्यालय शैक्षिक गान सार्वजनिक गरिएको हो ।
‘जय जय हिमाल दर्शन’ बोलको विद्यालय गानमा सोही विद्यालयका शिक्षक प्रकाश बाहिङ राईको शब्द, गायक तथा संगीतकार भुवनसिं राईको संगीत तथा शिलाबहादुर मोक्तानको एरेञ्ज संगै भुवानसिं राई, किरण राई, मुना राई र श्रेया राईको आवाज रहेको छ ।
स्वर्ण जयन्तीका अवसरमा विद्यालयले गरेको ’पचास बर्ष, पचास संकल्प’ मध्ये विद्यालय शैक्षिक गान छैटौं सकल्प रहेको सहकर्मी धनकुमार ढुगेंलले जानकारी दिनुभयो ।
Discussion about this post