मसिर ९, सोलुखुम्बु । ओखलढुगांको चिसंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेका विद्यालयमा दोस्रो त्रैमासिक परीक्षाको प्रश्नपत्र वडा कार्यालयबाट तयार गरिने भएको छ ।
वडा कार्यालयले परीक्षा पद्धतीमा एक रुपता ल्याउने उदेश्यका साथ दोस्रो त्रैमासिक परीक्षाको प्रश्नपत्र वडा कार्यालयबाट तयार गरिने भएको हो । कार्यालयले आज सूचना जारी गर्दै वडा भित्रका ७ वटा सामुदायीक विद्यालयमा बालकक्षा देखि ५ कक्षासम्म पठनपाठन गर्ने विद्यार्थीहरुको दोस्रो त्रैमासिक परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका तयार गरिने वडा अध्यक्ष बलराम कटुवालले बताउनुभयो ।
यही मंसिर १४ गतेका दिन प्रधानध्यापक एवं विषय शिक्षकहरुको उपस्थितिमा पश्नपत्रको मोडल एंव कन्टेन्ट माथि छलफल गरी निष्कर्षमा पुगिने अध्यक्ष कटवालको भनाई छ ।
Discussion about this post