मंसिर १०, सोलुखुम्बु । सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । “हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा बिरुद्धको ऐक्यवद्धता” मुल नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो ।
सोमबार अभियानको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष असिम राईले लैंगिक हिंसा महिला, पुरुष दुबैमा हुने भएकाले सबैलाई सम्मान व्यवहार गर्नु पर्ने बताउँनुभयो । हिंसाको घटना घरबाट नै सुरु हुने भएकाले व्यक्ति स्वयमं सचेत भएको खण्डमा हिंसा कम गर्न सकिने उहाँको भनाई छ ।
उक्त कार्याक्रममा पालिका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदसय, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला सरकारी वकीलको कार्यालयका प्रमुख बुद्धिलाल श्रेष्ठ, शिक्षक, सुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको छ । साथै गाउँपालिकामा एकीकृत घुम्ती शिविर –२०८१ उद्घाटन समेत गरिएको जनाईएको छ ।
Discussion about this post