मंसिर १०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । सोमबार अन्तरपार्टि महिला सञ्जालको सहकार्य र नेचासल्यान गाउँपालिकाको आयोजनामा १६ दिने अभियान सुरु गरिएको हो ।
१० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान गाउँपालिकामा पनि ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ । अभियानका अवसरमा गाउँपालिका अध्यक्ष धनजन राईले शुभकामना सन्देश दिँदै कसैले पनि हिंसा, अपमान र विभेद महसूस गर्न नपरोस् भनी शुभकामना दिनुभएको छ ।
यस अभियानले हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास अध्यक्ष राईको भनाई छ । यस्तै उपाध्यक्ष विना राईले लैंगिक हिंसा महिला, पुरुष दुबैमा हुने भएकाले सबैलाई सम्मान व्यवहार गर्नु पर्ने बताउँनुभयो । लैंगिक हिंसा न्युनिकरण गर्नका लागि सबै एक जुट भएर लागि पर्न सबैमा आग्रह गर्नुभयो ।
Discussion about this post