मंसिर ११, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु गरिएको छ । सोमबार गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर एकीकृत घुम्ती सेवा सुरु गरेको हो । सबै वडामा सञ्चालन गरिने सो शिबिरको गाउँपालिका अध्यक्ष अशिम राईले उद्घाटन गर्नुभएको छ ।
शिविरको पहिलो दिन मंगलबार वडा नम्बर ६ मुक्लिमा, १२ गते वडा नम्बर ४ जुबुमा, १३ गते वडा नम्बर ५ जुबुमा, १४ गते वडा नम्बर ९ लोखिममा र १५ गते वडा नम्बर ७ देउसामा घुम्ती शिविर सञ्चलन गरिने गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार १६ वडा नम्बर ८ देउसामा, १७ गते वडा नम्बर ३ पञ्चनमा, १८ गते वडा नम्बर २ काँगेलमा र १९ गते वडा नम्बर १ नेलेमा सञ्चालन गरिने भएको हो ।
हरेक वडामा सञ्चालन हुने घुम्ती शिविरमा योजना सम्झौता र फरफराक सम्बन्धी सेवा, प्रारम्भिक स्वास्थ्य परिक्षण, रक्त वर्गीकरण, पाठेघर क्यान्सर परिक्षण, जेष्ठ नागरिक परिचय पत्र वितरण तथा शाखाबाट प्रवाह हुने कार्यहरु सम्बन्धी परामर्श सेवा, वैदेशिक रोजगार परामर्श सेवा र सहकारी संस्था अन्तरक्रिया लगायतका सेवा प्रदान गरिने थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रसन्नदीप राईले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले स्थानीय सरकारको दायित्व र अभिभारा जनतामाझ सहज सेवा पु¥याउनु रहेको बताउँदै एकीकृत घुम्ती शिविरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो ।
Discussion about this post