मंसिर १०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले हरेक वडामा प्रशासनकी घुम्ती शिविर आयोजना गर्ने भएको छ । भौगोलिक हिसावले टाढा रहेका नागरिकहरुको घरदैलोमै सेवा पु¥याउने उदेश्य सहित गाउँपालिकाले हरेक वडामा एकिकृत घुम्ती शिविर आयोजना गरिने जनाइएको छ । शिविर आगामी मंसिर ११ गते देखी १९ गते सम्म ९ दिन गाउँपालिकाका ९ वटै वडामा सञ्चालन हुने गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।
शिविरमा एकिकृत शिविरमा योजना सम्झौता तथा फरफारक सम्बन्धी परामर्श सेवा, स्वास्थ्य सम्बन्धी सेवाहरु महिलाको पाठेघरको क्यान्सर परिक्षण, प्रारम्भीक स्वास्थय परिक्षण, रक्त बर्गीकरण, महिला बालबालिका सम्बन्धी परामर्श सेवा, कृषि, पशु,रोजगार सम्बन्धी परामर्श सेवाहरु लगायत सेवा पैदा गरिने प्रवक्ता कार्कीको भनाई छ । गाउँपालिकाका अध्यक्ष असिम राईको अध्यक्षतामा सोमबार सम्पन्न लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर १०÷२५ सँगै एकिकृत घुम्ती शिविरको समेत उद्घाटन गरिएको हो ।
उद्घाटन पश्चात् अध्यक्ष राईको नेतृत्वमा उपाध्यक्ष सविता राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत प्रशन्न दिप राई, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख श्री वुद्धि लाल श्रेष्ठ, नेपाल प्रहरी, विभिन्न विद्यालयका प्र.अ. तथा शिक्षक, महिला दिदी बहिनी दाजु भाई तथा अन्यको उपस्थितिमा लैंगिक हिंसा विरुद्ध प्रभातफेरी कार्यक्रम सम्पन्न भयो ।
Discussion about this post