मंसिर २२, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० स्थित गाईघाट दिक्तेल सडकको बोक्से खण्डमा शनिबार बिहान हायस गाडिको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राजन चापागाईका अनुसार बोक्सेबाट काठमाडौं जाने यात्रुहरु लिएर गाईघाटतर्फ आउँदै गर्दा गाडिले मोर्निङ्ग वाकका लागि हिँड्दै गरेका पैदललाई ठक्कर दिएको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय अगाडिको सडकमा गाडिले ठक्कर दिँदा त्रियुगा नगरपालिका वडा नं ११ चप्पन निवासी ५६ वर्षीय परणशेर राईको घटनास्थमै मृत्यु भएको हो ।
ठक्कर दिएपछि भाग्दै गरेको गाडी र चालक रुद्रबहादुर पौडेललाई गाईघाट कदमाहा सडकखण्डको जलजलबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहिका लागि थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक चापागाईले जानकारी दिनुभयो । मृतक राईको पोष्टमार्टमका लागि उदयपुर जिल्ला असपतालमा राखिएको छ ।
Discussion about this post