मंसिर ३०, सोलुखुम्बु । खोटाङको रावावेशी गाउँपालिका वडा नम्बर २ रुभुङमा पहिलो पटक उधौली पर्व मनाईएको छ । आईतबार सुम्निमा साकेला व्यवस्थापन समिति खार्पाको आयोजनामा आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै रुभुङका किरात समुदायले पहिलो पटक उधौली पर्व मनाएका हुन् ।
रुभुङमा वैशाखे पुर्णीमाको समयमा उभौली मात्र मनाउने गरेका तर यस पटक कोशी प्रदेशका समाजिक विकास मन्त्रि पाचँ कर्ण राईको प्रमुख आथित्यतामा उधौली पर्व समेत मनाईएको स्थानीय भुवन राईले बताउनुभयो । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व भव्यताका साथ मनाएका छन् ।
प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्रि राईले चालु आर्थिक वर्ष २०८१, ०८२ मा नुनथला फेदी सडक स्तरउन्नतीका लागि २० लाख बजेट विनियोज भइसकेको र उक्त कार्य तत्कालै सुरु गरिने बताउनुभयो । यस्तै वर्खायाममा बारम्बार पहिरो जाने रुभुङ खार्पा जोड्ने कल्लेरी खोलामा झोलुङपुल निमार्ण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्रि राईको पहलमा ६ लाख रुपैयाँ बाराबरको सडक निमार्णका लागि बजेट विनियोजन गरी काम भएको साथै सुम्निमा सेवा समाजको भवन निमार्णका लागि जस्तापाता, रुभुङमा विद्युत विस्तारका लागि पहल कदमी चाल्नु भएको थियो ।
सुम्निमा साकेला व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर राईले कल्लेरी खोलामा झोलुङ्गे पुल मात्र नभई पहरा कटान गरी सवारी साधन आवतजावत गर्ने तवरबाट सडक निमार्णका लागि पहल, रुभुङको समग्र विकास गरी गाउँमै रोजगार सिर्जना गर्न समेत आग्रह गर्नुभएको छ । यस्तै शिक्षा क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउनका लागि प्रदेश सरकारले थप कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।
किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् ।
Discussion about this post