पौष २, सोलुखुम्बु । ओखलढुंगामा नगद चोरी गर्ने एक किशोर पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं –८ का नरबहादुर गुरुङको घरको गोठमा राखेको नगद चोरेको आरोपमा किशोरलाई पक्राउ गरेका हुन ।
मंसिर २७ गते गुरुङको घरको कोठाबाट नगद २ लाख चोरी भएको भन्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जानकारी प्राप्त भए पश्चात प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो ।
अनुसन्धान गर्ने क्रममा बर्ष १६ को एक युवकले चोरी गरेको भनि स्विकार गरेको र हराएको रकम मध्ये नगद ९९ हजार बरामद समेत गरिएको सुचना अधिकारी कार्कीले बताउनुभयो ।
पक्राउ परेका किशोरलाई मंसिर ३० गते नियन्त्रणमा लिई पौष १ सोमबार गते जिल्ला अदालतबाट म्याद थप समेत गराई थप अनुसन्धान कार्य जारी रिहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
Discussion about this post