पौष २, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेलमा अचार बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालय काँगेलको समन्वयमा एक हप्ते अचार बनाउने तालिम मंगलबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष नवीन बस्नेतले तालिममा सिकेका सिपलाई उद्योग नै दर्ता गरि उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने सहभागीहरुबाट विश्वास लिनुभएको छ । यस्तै प्रमखु अतिथि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडाले गाउँठाउँमा उत्पादन भएका कच्चा पदार्थहरूलाई सदुपयोग गरी आयआर्जन गर्न सकिने र घरेलु तथा साना उद्योगबाट सक्दो सहयोग गर्ने खतिवडाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वडामा आत्मनिर्भर सम्बन्धि तालिम ल्यान नसकिएको तर घरेलु तथा साना उद्योग कार्यालयले तालिम सञ्चालन गरेकोमा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ की वडा सदस्य कोपिला बस्नेत कार्कीले धन्यवाद व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक खेतराज कार्कीले सिप सिक्नु मात्र ठुलो कुरा नभई सिकेको कुरा व्यवहारमा लागु गर्न महत्व रहने बताउनुभयो । गत मंसिर २६ गतेबाट सुरुभएको तालिममा २१ जनाको सहभागीता रहेको थियो ।
Discussion about this post