Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिमा प्रशासन कार्यालय नाम्चेकाे सेवा ४ महिनादेखि सेवा ठप्प

नागरिकले सेवा, कर्मचारीले तलब दुबै पाएनन् 

Radio Everest by Radio Everest
December 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ५, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा रहेको सिमा प्रशासन कार्यालय नाम्चे ४ महिना देखी कार्यालय प्रमुख विहीन बनेको छ ।  गत भदौमा शाखा अधिकृत रूपेश विश्वकर्माको जिल्ला प्रशासन कार्यालय सरुवा भएपछि उक्त कार्यालय, कार्यालय प्रमुख विहीन बनेको हो । कार्यालय प्रमुखको सरुवा भएपछि खुम्बु पासाङ ल्हामु गाउँपालिका बासीले नागरिकता पाउनै मुस्किल हुने गरेको छ ।  शाखा अधिकृत कार्यालय प्रमुख रहने दरबन्दी रहेको कार्यालयमा अधिकृतको सरुवा भएपछि उक्त अड्डा ४ महिना देखी कार्यालय प्रमुख विहिन बनेको बताइएको छ ।

  कर्मचारीको सरुवा भएपछि अहिले सिमा प्रशासन कार्यालय नाम्चे सहायक कम्प्युटर अपरेटरको भरमा चल्दै आएको छ ।  करिव १० जना कर्मचारीको दरबन्दी रहेको कार्यालय अहिले ३ जना कर्मचारीको भरमा छ । हाल कार्यालयमा १ जना सहायक कम्प्युटर अपरेटर, १ जना दर्ता अपरेटर र १ जना कार्यालय सहयोगी मात्रै छन् । उनीहरू पनि “रानो विनाको मौरी” जस्तो बन्नु परेको कर्मचारीले बताएका छन् ।  कार्यालय प्रमुख नभएपछि भएका ३ जना कर्मचारीले पनि विगत २ महिनादेखि तलब सम्म नपाएको बताएका छन् ।

 कार्यालय प्रमुखको सिफारिसमा लोखापालले तलबको भुक्तानी गर्नुपर्ने प्रशासनिक झमेलामा कार्यालयका कर्मचारी पालिनुपरेको उनीहरूले बताएका छन् ।  यस बाहेक कार्यालय प्रमुख नहुँदा खुम्बु क्षेत्रका नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र, संस्था नवीकरण, शरणार्थी परिचयपत्र नवीकरण लगायतका काम गर्न हजारौँ खर्च गरेर जिल्ला प्रशासन कार्यालय सल्लेरी आउनुपर्ने बाध्यता रहँदैआएको छ । खुम्बुका ५ वटा वडाका नागरिक सहित साविकको नाङ्पाला नाकालाई सेवा दिने प्रयोजनार्थ स्थापना भएको सिमा प्रशासन कार्यालय अहिले कर्मचारी नहुँदा खोल्ने र बन्द गर्ने दैनिकीमै चलिरहेको छ ।

 सिमा प्रशासनमा सेवा ठप्प हुँदा खुम्बु क्षेत्रका नागरिकले ४ दिनको पैदल हिँडाइ अथवा हजारौँको हेलिकप्टर भाडा तिर्नुपर्ने सरकारी बाध्यता झेल्दै आएका छन् ।  सरुवा भएर कर्मचारी गएपछि अर्को कार्यालय प्रमुख पठाउन गृह मन्त्रालयले चासो नदिएको कार्यालयका कर्मचारीहरू बताउँछन । गृह मन्त्रालयले खटाउने प्रयत्न गरेपनि भौगोलिक कठिनाइ र उच्च हिमाली क्षेत्र भएकाले कर्मचारी जानै नमान्नाले पनि समस्या भएको कार्यालयका सहायक कम्प्युटर अपरेटर कमल नकालले बताउनुभयो ।  कार्यालयमा शाखा अधिकृत १, लेखापाल र सहलेखापाल २, खरिदार १, नासु १, सहायक कम्प्युटर अपरेटर, १ दर्ता अपरेटर १, दर्ता सहायक १ र कास २ गरि १० जना कर्मचारीको दरबन्दी छ । 

Previous Post

गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासन कार्यालयको स्क्यानर, राहदानी सेवा ठप्प

Next Post

सोलुका ४ जना सहित ओखलढुगांका १३ जना बालबालिका कुपोषण

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
Next Post
सोलुका ४ जना सहित ओखलढुगांका १३ जना बालबालिका कुपोषण

सोलुका ४ जना सहित ओखलढुगांका १३ जना बालबालिका कुपोषण

Discussion about this post

Everest Highlights

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly