पौष ५, सोलुखुम्बु । सोलुखुम्बुका ४ जना सहित ओखलढुगांका १३ जना बालबालिकामा कुपोषण देखिएको छ । यस चालु आर्थिक वर्ष २०८१÷०८२ को श्रावण महिना देखि हालसम्म जिल्ला अस्पताल रुम्जाटारको पोषण पुर्नस्थापना केन्द्रमा उक्त सख्याका बालबालिकाहरुमा कुपोषण देखिएको हो ।
जस मध्ये ८ जना बालिका र ५ बालक रहेको केन्द्रका निमित्त म्यानेजर जयन्त धमलाले जानकारी दिनुभयो । सिद्धचरण नगरपालिकाका २, मोलुङका २ सुनकोशी, चम्पादेवी, चिसंखुगढीका १/१ र सोलुखुम्बुका ४ जना रहेका छन ।
कुपोषण हुने धेरै कारणहरु भए पनि पछिल्लो समय पोषणयुक्त खानाको अभावले हुन सक्ने म्यानेजर धमलाले उल्लेख गर्नुभयो । केन्द्रमा गत आर्थिक वर्ष २०८०/०८१ मा २५ जना बालक र २७ जना बालिका गरी ५२ जना बालबालिकाले केन्द्रमा सेवा लिएका थिए । सेवा लिनेमा सबै भन्दा धेरै सिद्धिचरण नगरपालिकाका १५ जना रहेका छन ।
चिसंखुगढीको ८, सुनकोशीको ६, चम्पादेवीको ५ मोलुङको ४, मानेभञ्ज्याङको ३, खिजिदेम्बाको २ र अन्य जिल्लाको ९ जना रहेको केन्द्रको तथ्यांकले देखाएको छ । पोषण सम्बन्धि राम्रो ज्ञान नहुँदा अझै पनि बालबालिकाहरुलाई कुपोषण हुने गरेको केन्द्रले जनाएको छ ।
Discussion about this post