पौष ५, सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले नेचासल्यान गाउँपालिका २ स्थित गोदावरी महिला कृषक समुहलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।
शुक्रबार कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १ लाख ५० हजार बराबरको कृषि सामाग्री प्रदान गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी उपेन्द्र ठाकुरले जानकारी दिनुभयो । कृषि सामाग्री वितरण गर्दै औजार प्रयोग गर्ने तरिका, फाइदा र महत्वबारे जानकारी दिइएको उहाँको भनाई छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवाले अध्यक्षता तथा नेचासल्यान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिताराम काफ्लेको प्रमुख आतिथ्यतामा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।
Discussion about this post