पौष ६, सोलुखुम्बु । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही शनिबार एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ।
Discussion about this post