पाैष ६, साेलुखुम्बु । टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षीका र एक छात्राको शनिवार अपरान्ह मृत्यु भएको छ । स्थानीय गौखुरी मावीमा नर्स शिक्षीकाको रुपमा कार्यरत शिक्षीका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ बर्षिया छात्रा सुस्मीता भटराईको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक चिनीमायाँ तामाङले वताउनु भयो ।
शनिवार विदाको दिन पारेर साथीहरु संग शिक्षीका र विद्यार्थी विद्यालय पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपरान्ह टिकटक वनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादव वहादुर खापुङले जानकारी दिनुभयो । आफुहरु अहिले घटना स्थलमै रहेको र मृतकको शव खोंच बाट निकालेर खोला बगरमा ल्याउने काम भैरहेको प्रहरी नायव उपरिक्षक तामाङले जानकारी दिनुभयो ।
Discussion about this post