पौष ९, सोलुखुम्बु । सोलुखुम्बुमा हराएको नगद सहित अन्य विभिन्न कागजात प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । जिल्लाको महाकुलुङ गाउँपालिकाका सन्तोष विश्वकर्माको नगद १ लाख १ हजार ४ सय सहित अन्य कागजात फेला पारी सम्बन्धित धनी लाई बुझाएको हो । सोलुदुधकुण्ड नगरपालिका ५ बस्दै आउका महाकुलुङका विश्वकर्माकाे उक्त नगद रकम सहित राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैकको चेक, नागरिकता, लाइसेन्स, विलबुक लगायत थुलुङ दुधकोशी ७ नाम्सेमा फेला परि स्थानीयले प्रहरीलाई खवर गरेपछि नेले प्रहरीले सम्बन्धित धनीलाई हात लगाएको हो । विश्कर्मालाई सम्पर्क गरि प्रहरी चौकी नेलेमा बोलाएर फेला परेका सामाग्री हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरेले बताउनुभयो । प्रहरी नागरिकको जिउ धनको सुरक्षार्थ अहोरात्र खटिरहेको भन्दै उहाँले प्रहरी आफ्नो कर्तव्यबाट विमुख नहुने पनि बताउनुभयो ।
माप्य ६ को एमाले अध्यक्षमा दल बहादुर राई चयन
चैत्र २, सोलुखुम्बु । नेकपा एमाले माप्य दुधकोशी गाउँपालिका ६ को अध्यक्षमा दल बहादुर राई चयन हुनुभएको छ । शनिबार...
Discussion about this post