पौष १०, सोलुखुम्बु । काठमाडौंबाट खोटाङ जाँदै गरेको टाटा सुमो दुर्घटना भएको छ । ना १ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक एवंम सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गाडीमा सवार एक यात्रु फेदी तोमानेका दुर्गाप्रसाद राई गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। सुमो चालककलाई नियन्त्रणमा लिइएर अनुसन्धान थालिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Discussion about this post