पौष १०, सोलुखुम्बु । ओखलढुंगाको मानेभन्ज्याङमा भएको अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा भोजपुरको हतुवागढी गाउँपालिकालाई ३–१ को सेटले हराउँदै ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले जित हात पारेको हो ।
त्यस्तै आयोजक मानेभन्ज्याङ गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै दुर्गा बक्स गण ओखलढुंगा तृतीय भएको छ । प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमशः १ लाख ५१ हजार १ सय ५१ र ५ हजार ७५ को साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै तृतिय हुने टिमले ३५ हजार ३५ को साथमा शिल्ड मेडल प्रमाण– पत्र प्राप्त गरेको मोली सेवा समाजका अध्यक्ष दिपेन्द्र रुम्दालीले जानकारी दिनुभयो ।
“पर्यटन प्रबद्र्धन, कृषि र पूर्वाधार, स्वस्थ जनशक्ती विकासका साँझेदार” भन्ने मुल नाराका साथ मोली सेवा समाजको आयोजना र मानेभञ्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको पूर्व मन्त्री अम्बिरबाबु गुरुङले उद्घाटन गर्नुभएको थियो । मानेभन्ज्याङ गाउँपालिका–१ मोलीमा गत पौष ५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
Discussion about this post