पौष १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले कृषि प्रदर्शनी मेलाको आयोजना गर्ने भएको छ । गाउँपालिकाको कृषि शाखाद्वारा आयोजना कृषि मेला यही पौष २५ गते मेलामा कृषि उपजका साथै स्थानीय औद्योगिक घरेलु सामाग्री प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका कृषकहरुले मात्र सहभागीता जनाउन पाइने भएको ओजक मुल समितिका संयोजक सबिता राईले बताउनुभयो ।
कृषि प्रविधि र आधुनिक खेतीका लागि मेला उपलब्धिमूलक हुने उहाँको भनाई छ । मेलामा खाद्य, तरकारी, फलफूल, मसला, दलहन,तेलहन, नगदेबाली जडीबुटी, बेतबास, स्थानीय कृषि औजार, खाडी कपडा, फर्निचर लगायत कृषि तथा घरेलु उत्पादन मेला प्रदर्शनीमा राखिने भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई प्रमाण सहित पुरष्कृत गरिने गाउँपालिकाले जनाएको छ । मेलामा सहभागी हुनका लागि यहीँ पौष २२ गतेदेखि २५ गते सम्म आफ्नो परिचय खुल्ने कागज सहित कृषि शाखामा नाम दर्ता आग्रह गरिएको छ ।
Discussion about this post