पौष १२, सोलुखुम्बु । वैदेशिक रोजगारीमा मेसेडोनिया पठाइदिने भन्दै झन्डै १३ लाख रुपैयाँ ठगी गर्ने खोटाङका राई पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको केपिलासगढी गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–४ चन्डोल बस्ने २८ वर्षका चिना कोयी राई रहेका छन् ।
राईले आकर्षक तलबको प्रलोभनमा पारी मेसेडोनिया पठाइदिने भन्दै दुई जनाबाट १२ लाख ९१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई काठमाण्डौको चन्डोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।
Discussion about this post