पौष ११, सोलुखुम्बु । करेन्ट लागेर घाइते भएका नेचासल्यान गाउँपालिका वडा नम्बर ५ का देश बहादुर मगरको उपचारका लागि २ लाख बढी सहयोग हस्तान्तरण गरिएको छ । नेटको तार टाँग्ने क्रममा गत साता करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारमा आर्थिक अभाव भएपछि युके सेवा समाजको २ लाख ५७ हजार रुपैयाँ सहयोग नेचासल्यान गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजन राईले हस्तान्तरण गर्नुभएको हो ।
मंगलबार काठमाडौमै पुरेर वडा अध्यक्ष राईले स्वास्थ्य स्थिति बुझ्दै प्राप्त सहयोग प्रदान गर्नुभएको बताइएको छ । मगरको मेरुदण्डको अपरेसन पश्चात स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको राईले बताउनुभएको छ ।
Discussion about this post