पौष १४, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य कामी छिरीङ शेर्पाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । दुई दिन अगाडी पेटमा समस्या देखिएको शेर्पाको शनिबार उपचारका क्रममा निधन भएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जारी गरेको शोक विज्ञप्तिमा आज पुस १४ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ । शेर्पा २०७९ सालमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post