पौष १४, सोलुखुम्बु । सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माणला तिव्रता दिएको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।
पोखरी निर्माणले किसानको सिँचाइ आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य वडाले राखेको छ । पोखरीको लम्बाइ १५ मिटर, चौडाइ ८ मिटर र गहिराइ दुई दशमलव ३० मिटर तोकिएको छ । पोखरी निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ । अबको केही दिनभित्रमा नै निर्माण पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ ।
स्थानीय स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्ने र सिँचाइ प्रणालीलाई प्रभावकारी बनाउने बताउँदै वडाध्यक्ष थापाले पानीको अधिकतम उपयोगका लागि पूर्व तयारीस्वरूप पाइपहरूको व्यवस्था गरिएको बताउनुभयो । पानी सङ्कलनमा समस्या भइरहेको अवस्थामा बन्दै गरेको सिँचाइ पोखरीले सहयोग मिल्ने भएपछि स्थानीय वडावासीमा उत्साह देखिएको छ ।
Discussion about this post