पौष १५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका स्थित थुलुङ दुधकोशी सामुदायिक अस्पतालमा दन्त सेवा सञ्चालन गरिने भएको छ । अस्पतालमा प्रत्येक हप्ताको एक दिन बिहिवार दन्त सेवा सञ्चालन हुने भएको हो ।
उक्त अस्पतालबाट दाँत निकाल्ने, स्थायी वा फिक्स दाँत लगाउने, दाँत भर्ने, फुल दाँत लगाउने र दाँत सफा गर्ने सेवा लिन सकिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । यस्तै दाँतको जराबाटै उपचार गर्ने (आर.सि.टी), बच्चाहरुको दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत पोलिस गर्ने र गिजा तथा मुख सम्बन्धी उपचार गर्ने अस्पतालले जनाएको छ । उक्त सेवाहरु हप्ताको एकदिन बिहीबार कार्यालय समयमा लिन सकिने जनाइएको छ ।
Discussion about this post