पौष १५, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र राईले जानकारी दिनुभयो ।
आईतबार वडा नम्बर ४ जलेश्वरीका चार जना अपाङगता भएका नागरिकहरुलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको उहाँको भनाई छ । शारिरिक रूपमा पूर्ण अपाङगता भएका कमल प्रसाद अधिकारी, सुजन पुरी, जुन माया राई र भक्त तामाङलाई निजको घरमै पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष राईले बताउनुभयो । ईलाका प्रशासन कार्यालय र ऐसेलुखर्कको पहलमा नागरिकता प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
Discussion about this post