पौष १७, सोलुखुम्बु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुबाट पाँच महिनामा १६ सय बढी सेवाग्राहीले सेवा लिएका छन् । कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को साउन देखि मंसिर मसान्त सम्ममा १६ सय ९७ जनाले सेवा लिएका हुन् । चालु आर्थिक वर्षको साउनदेखी मंसिर मसान्त सम्ममा ८ सय २८ महिला र ८ सय ६९ जना पुरुषले सेवा लिएका कार्यालयका सूचना अधिकारी केशव ढुंगानाले बताउनुभयो ।
उहाँका अनुसार ३५ जना आमाहरुले स्तनपायी सेवा, १ सय ८५ जनाले जेष्ठ नागरिक सेवा, थेरापेटिक योग सेवा १ सय ३३ जना, ५१ जनाले प्रवर्द्धनात्मक सेवा र ४ सय १३ जनाले प्रयोगशाला सेवा लिएका छन् । यस्तै नागरिक आरोग्य सेवाबाट ४ सय १७ जनाले सेवा लिएको कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।
जस्मा पूर्वकर्म सेवा १४१ जनाले, जेष्ठ नागरिक सेवा १६८ जना, स्वस्थ जीवन सेवा ३३ जना, स्तनपायी सेवा २१ जना र थेरापेटिक योग सेवा ५४ जनाले लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अमिन्द्र कुमार पण्डितले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ओपिडी (बहिरङ्ग) सेवा, ल्याब सेवा, फिजियो थेरापी, पञ्चकर्म/पूर्वकर्म लगायतका सेवा उपलब्ध भएकाे जानकारी दिनुभयाे ।
Discussion about this post