पौष १८, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट ५ महिनामा करिब ८ सय राहदानी वितरण गरिएको छ । कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/०८२ को साउन महिना देखि मंसिर मसान्त सम्ममा ७ सय ८७ थान राहदानी वितरण गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रुपेश विश्वकर्माका अनुसार साउन महिनामा २ सय ९ जनाले राहदानी लागि विवरण दर्ता गराउदा २ सय ४६ जनाले प्राप्त गरेका छन् ।
यस्तै भदौमा १ सय ६५ जनाले दर्ता गराउदा १ सय ५१ जनाले लिएका छन् । असोजमा १ सय २ जनाले दर्ता गराउदा १ सय ३५ जनाले, कार्तिकमा १ सय ९६ जनाले दर्ता गरेकामा १ सय ३० जनाले लिएका छन् । यस्तै मंसिर महिनामा ३४ जनाले विवरण दर्ता गरेकामा १ सय २५ जनाले आफ्नो राहदानी प्राप्त गरेको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा हालसम्म ४५ लाख ८८ हजार ८ सय ५५ रुपैयाँ राजस्व संकलन भएको पनि सहायक प्रमुख जिल्ला अधिकारी विश्वकर्माले बताउनुभयो ।
Discussion about this post