पौष १८, सोलुखुम्बु । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।यस्तै आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Discussion about this post