पौष १७, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिका– ५ दुवेकोलको गट्टीडाडामा ५ नम्बर वडा कार्यालय दुवेकोलको वडा कार्यालय सेवा केन्द्र भवनको उद्धाटन गरिएको छ । बुधबार गट्टीडाडामा निर्माण गरिएको सेवा केन्द्र भवनको पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले उद्धाटन गर्नुभएको हो ।
वडाबासीहरुको समस्यालाई मध्यनजर गर्दै सेवा केन्द्रको स्थापना गरिएको वडा अध्यक्ष मोहन कुमार गुरुङले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० बिनियोजित रकम ११ लाख ५० हजार रुपैयाँ र आर्थिक वर्ष २०८०÷८१ को बिनियोजित ८ लाख रुपैयाँ गरी कुल १९ लाख बजेटबाट २ कोठे आरसीसी भवनसँगै २ कोठे आरसीसी चर्पी निर्माण गरिएको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।
उक्त केन्द्रबाट प्रत्येक हप्ताको बुधबार, विहिबार र शुक्रबार वडा कार्यालयबाट प्रदान गरिने जनाइएको छ । उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, पूर्व गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post