पौष २०, सोलुखुम्बु । काठमाडौँको एक होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक आज मृत फेला परेका छन् । काठमाडौँको पिंगलास्थानस्थित मृत फेला परेकी खड्कासँगै बसेकाओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय ओखल्ढुङ्गाले जनाएको छ ।
जिल्लाको सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले जानकारी दिनुभयो । देवबहादुरसँगै पिंगलास्थानस्थित बागमती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी २२ वर्षीया सुस्मिताको शव गत बुधवार फेला परेको थियो ।
होटलको कोठाको ढोकामा चाबी लगाएको अवस्थामा सुस्मिता मृत भेटिएकाले उनले कर्तव्य गरेर मारेको प्रहरीको निष्कर्ष छ । देवबहादुर केही अघि जापान गएर आएका र सुस्मिता पनि जापान जाने तयारीमा रहेको जनाइएको छ ।
Discussion about this post