Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेचा अस्पतालको उद्घाटन, नेचाका ३ वटा वडा सहित छिमेकी गाउँपालिकाका बिरामीलाई सहज 

Radio Everest by Radio Everest
January 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २०, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित नेचा अस्पतालको उद्‌घाटन गरिएको छ ।  नेचासल्यान गाउँपालिकाको लगानीमा निर्मित अस्पतालको शनिबार एक कार्यक्रमका बीच उद्‌घाटन गरिएको हो ।  यस अघि सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताल सञ्चालन हुन नसकेपछि गाउँपालिकाले हाता लिएर सञ्चालनको जिम्मा लिनेगरी अस्पताल सुचारु गरिएको हो ।  शनिबार गाउँपालिका अध्यक्ष धनजन राई तथा उपाध्यक्ष विना राईले अस्पतालको उद्‌घाटन गर्नुभएको हो ।  गाउँपालिकाको वडा नम्बर ४ बेतघारीमा रहेको अस्पतालले नेचाका ३ वटा वडा सहित अन्य थुलुङ दुधकोशी गाउँपालिकाका केही वडा, खोटाङ जिल्लाका केही वडालाई समेत सेवा दिने विश्वास लिइएको छ ।

 अस्पताल उद्‌घाटन गर्दै गाउँपालिका अध्यक्ष धनजन राईले अस्पताल सञ्चालनको जिम्मेवारी गाउँपालिकाले लिएपछि यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष धनजन राइृले बताउनुभयो । उहाँले अस्पतालको व्यवस्थापन र सञ्चालन प्रभावकारी ढङ्गले गरिने बताउँदै अस्पताल भुगाेलका हिसाबले सही स्थानमा स्थापना भएको उल्लेख गर्नुभयो । अस्पताल सञ्चालनका लागी एसियन हेरिटेज संस्थासँग सम्झौता भएको भन्दै उहाँले संस्थालाई धन्यवाद दिनुभयो ।  अध्यक्ष राईले अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीको व्यवस्थापन पालिकाले गर्ने भन्दै लगातार ३ वर्ष सम्म अस्पतालमा रहेर सेवा गर्ने डाक्टर लाई १ लाख रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विना राईले नेचा सामुदायिक अस्पताललाई नेचा अस्पताल बनाइँदा इतिहास मेटिएको भन्ने भनाइलाई उदृत गर्दै इतिहास फेर्नु जरुरी रहेकोले यो काम गर्नुपरेको उल्लेख गर्नुभयो ।  उहाँले अस्पताल सञ्चालन प्रभावकारी रुपमा गर्नका लागी सरकारीकरण गर्नुपर्ने आवश्यकता भएको पनि बताउनुभयो । साथै उहाँले एसियन हेरिटेज नेपालले ३ वर्ष सम्म अस्पताल सञ्चालनका लागी वार्षिक रुपमा १८ लाख रुपैयाँ दिने गरि सम्झौता भएको भन्दै बिरामीलाई छिटो स्वास्थ्य सेवा दिनका लागी एम्बुलेन्स समेत तैनाथ राखिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल घिमिरेले पालिकाले गरेको निर्णय कार्यान्वयनमा चुनौति भएपनि प्रशासनिक हिसाबले निर्णय कार्यान्वयन गर्नमा कन्जुस्याँइ नगर्ने पनि बताउनुभएको छ ।

यता कार्यक्रममा बोल्दै पूर्व सांसद भूपाल किरातीले अस्पतालको जिम्मा स्थानीय सरकारले लिएपछि प्रभावकारी रुपमा सञ्चालन हुने विश्वास लिएको बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका संस्थापक अध्यक्ष भीम किराँतीले अस्पताल सञ्चालनका सुरुवाती दिनमा ठुलो सङ्घर्ष गरिएको स्मरण गर्दै उक्त संघर्षलाई सावित गर्न अबको स्थानीय सरकारले तदारुकताका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले कार्यक्रममा अस्पताल सञ्चालन गर्न स्थानीय सरकार लागी परेकोमा धन्यवाद व्यक्त गर्दै प्रभावकारी रुपमा नागरिकले सेवा पाउनुपर्नेमा जोड दिएका छन् ।  उनीहरूले स्थानीय सरकारको तदारुकताले अस्पताल फेरी सञ्चालनमा आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

अस्पतालको उद्‍घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथ कार्यपालिका सदस्य, पार्टी प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक एवं सरोकमरवाला स्थानीय लगायतको बाक्लो उपस्थीति रहेको थियो ।

Previous Post

रावा बेसी गाउँपालिका : चिसो छल्न ज्येष्ठ नागरिकलाई फाइबर सिरक

Next Post

होटलमा मृत भेटिएकी महिलासँग बसेका युवक ओखल्ढुङ्गामा मृत फेला

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

Discussion about this post

Everest Highlights

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly