पौष २१, सोलुखुम्बु । सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ वाबुङमा एउटा घर जलेको छ । स्थानियबासिन्दा मानधोज राईको घरमा हिजो भएको आगलागीले ढुङगा माटोले बनेको घर, घरदेखि नजिकै रहेको गोठ जलेको छ । घरमा कोही नभएको बेला आगो लागेको हो । झन्डै तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घर र गोठ जलेका राईको परिवार आफन्तकोमा बसेका छन् । हिउँद लागेसँगै आगलागी र वनजङ्गलमा डढेलोको जोखिम उच्च हुन्छ । आगलागी र डढेलो लाग्नै नदिन वा लागिहालेमा हुने क्षति घटाउन सावधानी, चेतनासँगै पूर्वतयारी आवश्यक पर्ने विपद् विज्ञले बताउँदै आएका छन् ।
Discussion about this post