पौष २१, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिकामा सम्पन्न छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी माध्यमिक विद्यालय सिम्पानी र भगवती दिनानाथ माविले जितेको छ । गाउँपालिकाको आयोजना तथा भाषा माविको सहआयोजनामा समान १५/१५ अङ्कसहित सिम्पानी र भगवती माविले उपाधि जितेको हो ।
३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा समान ९/९ अङ्कसहित इन्द्रेणीपोखरी मावि इन्द्रेणीपोखरी र भानु मावि लिच्कीराम्चे द्धितीय तथा समान ६/६ अङ्कसहित विणा मावि लिकुवापोखरी र भाषा मावि बडकादियाले तेस्रो भएका छन् । प्रतियोगितामा ६ वटा विद्याका खेलहरु समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजयी विद्यालय तथा खेलाडीलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुस्कार प्रदान गर्नुभएको छ ।
Discussion about this post