Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : फिक्कल गाउँपालिका उपाध्यक्ष बरालविरुद्ध मुद्दा दायर

Radio Everest by Radio Everest
January 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २२, सोलुखुम्बु । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध कालिमाटिस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । ४३ वर्षीय बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समिति सदस्य समेत हुन् ।

उनलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । उनीसहित यो सहकारीमा ३९ जनालाई प्रतिवादीलाई बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । यसअघि उनीविरुद्ध दुई वटा सहकारीमा मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध बुटवलको सुप्रिम सहकारी र काठमाडौं पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारीमा पनि मुद्दा दायर भएको थियो । अहिले यी दुबै मुद्दा बिचाराधीन अवस्था छन् । बराल सहकारीमा जीबी राईको साझेदार रहेको खुलेको छ । २५ माघ २०७२ मा बराल मैत्रेय बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको सञ्चालक समितिमा थिए । ३ फागुन २०७२ गतेको विशेष साधारण सभाले सहकारीको नाम परिवर्तन गरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सहकारीको सञ्चालक समिति पनि पुनर्गठन गरिएको थियो । सहकारीमा जीबी अध्यक्ष र राजु सचिव भएका थिए ।

यही सुप्रिम सहकारीले १ हजार बढी बचतकर्ताको करिब १ अर्ब रकम अपचलन गरेको भन्दै २८ जनाविरुद्ध ३ वैशाखमा मुद्दा दायर भएको थियो । प्रहरीले उनीविरुद्ध फरार प्रतिवादी बनाए पनि बराल त्यतिबेला पनि गाउँपालिकाकै कुर्सीमा थिए । यसअघि काठमाडौंको पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारीमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सो सहकारी संस्थाले ७२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बराल पनि संलग्न देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । बराल नाता सहकारीको उपाध्यक्ष थिए ।

तर, उनलाई पक्राउ नगरी गत माघमा काठमाडौं जिलला अदालतमा मुद्दा दायर भएको थियो । त्यतिबेला बरालसहित ११ जनालाई प्रतिवादी बनाउँदै ७२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो । तीन वटा सहकारी ठगीका आरोपी बराल यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा फिक्कल गाउँपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेबाट निर्वाचित फिक्कलल गाउँपालिका उपाध्यक्ष हुन् ।

Previous Post

पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

Next Post

दुधकुण्ड जाने पदमार्ग निर्माणको काम तिव्र

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
दुधकुण्ड जाने पदमार्ग निर्माणको काम तिव्र

दुधकुण्ड जाने पदमार्ग निर्माणको काम तिव्र

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly