Tuesday, November 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : फिक्कल गाउँपालिका उपाध्यक्ष बरालविरुद्ध मुद्दा दायर

Radio Everest by Radio Everest
January 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २२, सोलुखुम्बु । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध कालिमाटिस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । ४३ वर्षीय बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समिति सदस्य समेत हुन् ।

उनलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । उनीसहित यो सहकारीमा ३९ जनालाई प्रतिवादीलाई बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । यसअघि उनीविरुद्ध दुई वटा सहकारीमा मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध बुटवलको सुप्रिम सहकारी र काठमाडौं पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारीमा पनि मुद्दा दायर भएको थियो । अहिले यी दुबै मुद्दा बिचाराधीन अवस्था छन् । बराल सहकारीमा जीबी राईको साझेदार रहेको खुलेको छ । २५ माघ २०७२ मा बराल मैत्रेय बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको सञ्चालक समितिमा थिए । ३ फागुन २०७२ गतेको विशेष साधारण सभाले सहकारीको नाम परिवर्तन गरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सहकारीको सञ्चालक समिति पनि पुनर्गठन गरिएको थियो । सहकारीमा जीबी अध्यक्ष र राजु सचिव भएका थिए ।

यही सुप्रिम सहकारीले १ हजार बढी बचतकर्ताको करिब १ अर्ब रकम अपचलन गरेको भन्दै २८ जनाविरुद्ध ३ वैशाखमा मुद्दा दायर भएको थियो । प्रहरीले उनीविरुद्ध फरार प्रतिवादी बनाए पनि बराल त्यतिबेला पनि गाउँपालिकाकै कुर्सीमा थिए । यसअघि काठमाडौंको पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारीमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सो सहकारी संस्थाले ७२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बराल पनि संलग्न देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । बराल नाता सहकारीको उपाध्यक्ष थिए ।

तर, उनलाई पक्राउ नगरी गत माघमा काठमाडौं जिलला अदालतमा मुद्दा दायर भएको थियो । त्यतिबेला बरालसहित ११ जनालाई प्रतिवादी बनाउँदै ७२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो । तीन वटा सहकारी ठगीका आरोपी बराल यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा फिक्कल गाउँपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेबाट निर्वाचित फिक्कलल गाउँपालिका उपाध्यक्ष हुन् ।

Previous Post

पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

Next Post

दुधकुण्ड जाने पदमार्ग निर्माणको काम तिव्र

Related Posts

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
0
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025
0
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
0
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
Next Post
दुधकुण्ड जाने पदमार्ग निर्माणको काम तिव्र

दुधकुण्ड जाने पदमार्ग निर्माणको काम तिव्र

Discussion about this post

Everest Highlights

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly