पौष २२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड जाने पदमार्ग निर्माण कार्य तिव्र भइरहेको छ । जिल्लाको सोलुदुधुकण्ड नगरपालिका–१ स्थित प्रसिद्ध पर्यटकीयस्थल दूधकुण्ड पोखरी क्षेत्रमा निर्माण गरिएको पदमार्गको काम तिव्र भइरहेको हो । बौद्ध, हिन्दु तथा किराँत धर्मवलम्बीहरूको समेत आस्थाको केन्द्र दूधकुण्ड क्षेत्रमा सोलुदूधकुण्ड नगरपालिकाको समन्वयमा पर्यटकीय संरचनाहरू धमाधम भइरहेको बारे नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।
सो पदमार्गले देश–विदेशका पर्यटक तथा तीर्थयात्रीहरूलाई हिमालको नजिक पुग्न सहज र रमाइलो यात्रा प्रदान गर्ने मेयर शेर्पाले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘दुधकुण्ड धार्मिक, सांस्कृतिक महत्वको साथै प्राकृतिक सौन्दर्यको एक अद्भुत मिश्रण भएकाले यसको पवित्रतालाई अनुभव गर्न र यहाँको शान्त वातावरणमा हराउन अब यात्रा थप सरल, आकर्षक र रोमांचक हुनेछ ।’ यो पोखरी समुन्द्री सतहबाट चार हजार ५६० मिटर उचाइमा अवस्थित छ ।
Discussion about this post