पौष २२, सोलुखुम्बु । नेकपा एमाले सोताङ गाउँपालिका वडा नम्बर दुईको वडा कमिटीको अध्यक्षमा इन्द्रलाल राई चयन हुनुभएको छ । गाउँपालिका कमिटीले वडा अधिवेशनबाट राईको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको गाउँपालिका कमिटी अध्यक्ष धन कुमार बिश्वकर्माले जानकारी दिनुभयो ।
अधिबवेशनबाट नमिता राईको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी र ध्रुब लामिछानेको अध्यक्षतामा ११ सदस्यीय युवा संघ गठन गरिएको छ । यस्तै वडा नं १ बाट नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गर्ने प्रेम कुमार राई, सरिता राई र कमला राईलाई स्वागत गरिएको छ । नेकपा (एमाले) सोताङ गाउँपालिका कमिटीको पौष २२ गते ३ नम्बर वडा, २३ गते ५ नम्बर वडा र २४ गते ४ नम्बर वडामा अधिबेशन गर्ने कार्यतालिका रहेको अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो ।
Discussion about this post