पौष २२, सोलुखुम्बु । सिन्धुली हरिहरपुरगडी गाउँपालिका वडा नं, २ जखौलीमा आइतवार साँझ सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हरिहरपुरगडी गाउँपालिका वडा नं, २ जखौलीको भित्री सडक–खण्डमा श्रीपुरबाट जखौलीतर्फ जादै गरेको चालक जिल्ला सर्लाही बाग्मती नगरपालिका वडा नं.११ बस्ने बर्ष .३९ को जगमोहन राउतले चलाएको मार्वल लोड गरेको ना ३ च ५९७६ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई (ओरालोमा ब्रेक नलागी सडकबाट ६/७ मिटर तल झरेको) दुर्घटना हुँदा गाडीमा सवार हरिहरपुरगडी गाउँपालिका वडा नं.२ जखौली बस्ने बर्ष २० को कैलाश मृत्यु भएको बगमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
आइतवार साँझ ७ : ४० बजेतिर भएको उक्त दुर्घटनापछि गम्भीर घाइते राईको आइतवार साँझ ९ः३५ बजे चुरेहिल अस्पताल हेटौंडा पुगेकोमा ९ः४० बजेको समयमा डक्टरले मृत्यु घोषणा गरेकोे प्रहरीले जनाएको छ । दुर्घटनामा परी गाडीमा सवार हरिहरपुरगडी गाउँपालिका वडा नं.२ जखौली बस्ने बर्ष २२ अनिष राई र बर्ष अं.२१ को अविशेक राई उपचार पश्चात डिस्चार्ज भएको प्रहरीको भनाई छ । प्रहरीले गाडी चालक राउतलाई पक्राउ गरेको जनाएको छ ।
Discussion about this post