पौष २२, सोलुखुम्बु । खुम्बु क्षेत्रको हेलिप्याडमा अनाधिकृत व्यक्तिहरुले हेलिकप्टर उडानमा रोक लगाएको प्रति जिल्ला प्रशासान कार्यालय सोलुखुम्बुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रशासनले सोमबार एक पत्र जारी गर्दै जिल्लामा रहेका विभिन्न हेलिप्याडहरुमा अनाधिकृत व्यक्तिहरुले हेलिकप्टरको आवागमन (उडान) मा अवरोध पुर्याएको भनि विभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्धन लगायतमा समस्या भएको भनि जनगुनासो प्राप्त भएकाले हेलिकप्टर उडानमा बाधा अवरोध गर्ने गराउनेलाई प्रचलित कानुन बमोजिम कडा कारबाहि गरिने प्रशासनले चेतावनी दिनुभएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज र स्थानीय तहको निर्णय प्रति नभई हेलिप्याडहरुमा अनाधिकृत व्यक्तिहरुले गरेको अवरोध प्रति जिल्ला प्रशासनले आपत्ति जनाएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post