पौष २३, सोलुखुम्बु । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । प्रणाली सक्रिय हुँदा आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । गण्डकीदेखि कोशी प्रदेशसम्म आज वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको छ । यस्तै आज राति मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
Discussion about this post