पौष २३, सोलुखुम्बु । नेपालको सिमाना नजिकै चीनको सिगात्से आसपासमा गएको ७.१ म्याग्निच्युटको भुकम्प्का कारण खुम्बु क्षेत्रमा ठूलो धक्का महशुस भएको छ । विहान ६ बजेर ५१ मिनेटको समयमा झण्डै ३० सेकेण्ड भन्दा बढी लगातार भुकम्पले हल्लाउँदा तिब्बत नजिकै रहेको खुम्बु क्षेत्रमा ठूलो धक्का महशुस भएको हो । भुकम्पले घरहरु हल्लाउँदा यहाँका मानिसहरु घर बाहिरै बसिरहेका छन् ।
चिसोमा विहानै भुकम्प गएपछि नागरिकहरु ठण्डिका बाबजुद पनि घर बाहिरै बसिरहेका छन् । भुकम्पका कारण नागकिहरु सतर्क भएर घरबाहिरै बसिरहेको र घटनाबाट माथिल्लो क्षेत्रमा के कति क्षति भयो भन्ने बारे विवरण संकलनका लागि प्रयत्न भईरहेको खुम्बुपासाङल्हमु गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले बताए । यता प्रहरीले पनि संभावित क्षति हुन सक्ने स्थानहरुमा सतर्कता बढाएको छ ।
खुम्बु क्षेत्रको लबुचे नजिकै केन्द्र विन्दु भएकाले पनि माथिल्लो क्षेत्रका विवरण संकलनमा लागि परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि द्वारिकाप्रसाद घिमिरेले बताए । माथिल्लो क्षेत्रमा पर्यटनको अफ सिजन भएकाले अधिकांश जनता राजधानी तिर बस्दै आएका छन् । सदमुकाम सल्लेरी बजारका नागरिक पनि घरबाहिर निस्किएर सुरक्षित स्थानमा बसिरहेका छन् ।
Discussion about this post