पौष २३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक हलुका सवारी चालक सम्बन्धी तालिम सुरु भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४, ५ र ६ को समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तालिम सुरु भएको हो ।
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वरोजगार बनाउने उदेश्यले सोलुखुम्बु ड्राईभिङ सेन्ट सल्लेरीमा १ महिने गाडी सञ्चालन सम्बन्धि तालिम सुरु गरिएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले जानकारी दिनुभयो । बुधबार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका वडा अध्यक्ष युवास तामाङको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालयका लेखापाल नविन राईको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङको दक्ष हलुका सवारी चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरुबाट दिईएको ज्ञान र सिपलाई अनुशासित भएर हासिल गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।
यस्तै त्यस्तै प्रमुख अतिथि राईले सवारी चालक (ड्राइभिङ) तालिमले युवाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग बताउनुभएको छ । तीन वटै वडाका ४/४ जनाको उपस्थिति रहेको तालिमको सहजिकरण नवराज कटुवालले गरिरहनुभएको छ ।
Discussion about this post