पौष २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ थुम्लिङमा भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ का अन्दाजी ४० वर्षका नवराज राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेका अनुसार स्थानीय बल बहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा गएराति १२ बजे खालिङको ज्यान गएको हो ।
नवराज खालिङ बेवारिसे अवस्थामा बस्दै आएका थिए । घटनास्थलमा घाँसले भरिएको गोठमा आगो लागेको थियो । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको छ । घटनाका विषयमा थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुग्नुभएको प्रहरीले जनाएको छ ।
Discussion about this post