पौष २६, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ स्थित नागथान गुम्बा सडक सोलिङ कार्य सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को योजना अनुसार ५ लाख बजेट विनियोजन गरि नागथान गुम्बा सडक सोलिङ कार्य पौषमा सम्पन्न भएको छ ।
२०८१ साल मंसिर २० गते सम्झौता गरी २०८१ साल पौष २९ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको भएपनि ठेकेदार कम्पनीले अगावै सम्पन्न गरेको बताइएको छ । गुणस्तरीय साथै दिगो निर्माणमा जोड दिएको बताउँदै सोलिङ पश्चात गुम्बा जानका लागि यातायात साथै पैदल यात्रीहरुलाई सहजता मिल्ने वडा अध्यक्ष मिङमार गेल्जे शेर्पाले बताउनुभयो ।
Discussion about this post