पौष २६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित केदार माविले अमेरिकामा पीएचडी पूरा गरेका डा. थोमस बास्तोलालाई सम्मान गरेको छ । बुधबार डा. बास्तोलालाई समाज र राष्ट्रको समेत गौरव बढाउन सफल भएको भन्दै सम्मान गरेको हो । नेचासल्यान गाउँपालिकाभित्र रहेका साविकका नेचा बेतघारी र बतासे गाबिसबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
उहाँको अद्वितीय शैक्षिक उपलब्धिले विद्यालयको गौरव वढ्नुका साथै समाजमा प्रेरणा मिलेको भन्दै विद्यालयम एक ऐतिहासिक कार्यक्रमका बिच विशेष सम्मान गरिएको केदार माविका शिक्षक एवं सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।
उक्त सम्मान कार्यक्रमा डा.बास्तोलाले विगतमा यस विद्यालयमा अध्ययन गर्दाको क्षणदेखि अमेरिका पुगेर उच्च शिक्षा हासिल गरेका अनुभवहरू सेयर गर्दै सम्पूर्ण विद्यार्थीहरूलाई अध्ययन र मिहेनत गर्न प्रेरित गर्नुभयो । यस्तै डा. बास्तोलालाई नेचासल्यानका अन्य विभिन्न संघ संस्थाहरुले समेत सम्मान गरेका छन् ।
Discussion about this post