पौष २६, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व तयारी स्वरुप बाँसुरी वादन प्रतियोगिता आयोजन गर्न लागेको हो ।
प्रतियोगिता आउँदो फागुन १६ गते संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राईले जानकारी दिनुभयो । प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने प्रतियोगिहरुले क्रमश : १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपौयाँ प्राप्त गर्ने भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र बाद्य परम्परा जोगाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । जिल्ला भरिका इच्छुक बाँसुरी वादकलाई माघ १० गते भित्र नगरपालिकामा निवेदन अनलाईन मार्फत पेश गर्नु आग्रह गरिएको छ ।
Discussion about this post