पौष २६, खोटाङ्ग । खोटाङको बराहपोखरी गाउँपालिकाले बाढी पिडित परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराको नेतृत्वमा आज गत असोज पहिलो हप्ताको बाढीले क्षती गराएका ३१ परिवारलाई आर्थिक राहत वितरण गरेको हो ।
गत असोज पहिलो हप्ता आएको बाढीले बराहपोखरी गाउँपालिकाको बंसिलाघाट, धाप्लाङघाट सहितका नदि तटिय क्षेत्रका बस्तीमा ठुलो क्षती पु¥याएको थियो । ति मध्ये शुक्रबार धाप्लाङघाटका ३१ बाढी पिडितलाई नगद राहत रकम वितरण गरिएको हो । गाउँपालिकाले हिउँदे अधिबेशनमा निर्णय गरेर बाढी पिडितलाई राहत रकम वितरण गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले बताउनुभयो ।
धाप्लाङघाटमा बाढीले किसानले लगाएको धान कोदो लगायत खेत नै बगाएर ठुलो क्षतीको भागिदार गराएको थियो । आज गाउँपालिकाले १६ जना बाढी पिडितलाई १० हजार र १५ जनालाई १२ हजारका दरले राहत उपलब्ध गराइएको हो । राहत प्राप्त भएपछि किसानले केही हदसम्म चर्किएको घाउमा मल्हम लागेको महशुस गरेको बताएका छन् ।
Discussion about this post