पौष २६, सोलुखुम्बु । अमेरिकामा पीएचडी पूरा गरेका नेचासल्यानका डा. थोमस बास्तोलाले भविष्यको निर्माण भनेको छरिएका बिन्दुहरूबिच सम्भावना खोजेर सरल रेखा बनाउनु रहेको बताउनुभयो । शुक्रबार नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माविद्धारा आयोजित सम्मान कार्याक्रममा बोल्दै डा.बास्तोलाले यस्तो बताउनुभएको हो ।
सोलुखुम्बुको विकट जिल्लमा जन्मनुभएका बास्तोलाले अमेरिकाको साउदर्न इलिनोइस विश्व विद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गर्नुभएको छ । बास्तोला समाज र राष्ट्रको गौरव बढाउन सफल भएको भन्दै शुभकामना सहित विद्यालयले सम्मान गरेको नेचाबाट सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो ।
डा.बास्तोलाले विगतमा विद्यालयमा अध्ययन गर्दाको क्षणदेखि अमेरिका पुगेर उच्च शिक्षा हासिल गरेका अनुभवहरू सेयर शिक्षक, अभिभावक तथा विद्यार्थीहरु माझ प्रष्ट्याउनु भएको थियो ।
Discussion about this post