पौष २९, सोलुखुम्बु । चर्चित बन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । कलेजो सम्बन्धि समस्याका कारण काठमाडौंको ग्राण्डि अस्पतालमा उपचाररत शेर्पाको गएराति ६४ बर्षको उमेरमा निधन भएको छ । जिल्लाको खुम्बुपासाङल्हमु गापा –२, लुक्ला स्थाई घर भएका शेर्पा विगत १ दशकदेखि पूर्ण कालिन बन्यजन्तु फोटोग्राफिमा समर्पित भएका थिए । पर्यटन ब्यवशायी समेत रहेका शेर्पाले लुक्लामा हवाई उड्यान र होटल व्यवसायमा ठूलो योगदान दिएका थिए।
लामो समय यति एयरको लुक्ला प्रमुख भएर काम गरेका चुङ्बाको लुक्लामा रिसोर्ट समेत छ। नेपाली काँग्रेसको राजनीतिमा सक्रिय चुङ्बा विगतका २ निर्वाचनमा खुम्बुपासाङल्हमु गाउँपालिकाको अध्यक्ष पदको प्रत्याशी समेत थिए । उनी हाल नेपाली काँग्रेसको पालिका सभापति समेत थिए ।
उनको निधनले पार्टीलाई खुम्बु क्षेत्रमा अपुरणीय क्षति पुगेको नेपाली काँग्रेस सोलुखुम्बुका जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले वताए । गएराति नै उनको शरिरलाई अस्पतालबाट घर लगिएको र बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध हुनुहुन्थ्यो ।
Discussion about this post